PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

नयाँ बिमा कम्पनीको लाइसेन्स खुलाइँदै, पूँजी योजनामा बढेको रकममा नयाँले लाइसेन्स पाउने



पहिलोपोस्ट

नयाँ बिमा कम्पनीको लाइसेन्स खुलाइँदै, पूँजी योजनामा बढेको रकममा नयाँले लाइसेन्स पाउने

काठमाडौं : बिमा समितिले नयाँ बिमा कम्पनीहरु थप्ने भएको छ। बजारमा १० बर्षदेखि नयाँ कम्पनी नथपिएको भन्दै समितिले आवश्यक अध्ययन गरि सञ्चालन स्वीकृति दिने तयारी गरेको हो।

हामी नयाँलाई सञ्चालन स्वीकृतिका लागि आवश्यक अध्ययन गरिरहेका छौुं समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँले भने,'नयाँ आउनेले बढेको पूँजी संरचनाभित्र बसेर आउनु पर्छ।'

बिमा समितिमा करिव डेढ दर्जन कम्पनीहरुले सञ्चालन अनुमति माग्दै आवेदन दिएका छन्। १० बर्षदेखि आवेदन दिने कम्पनीहरु छन्। पछिल्लो समय केही कम्पनीहरुले पनि आवेदन दिएका छन्।

कारोबार अनुमति माग्नेमा जीवन बिमातर्फ सिटिजन्स्, स्टार, सन नेपाल, रिलायवल, रिलायन्स, आइएमई, स्ट्यान्डर्ड, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी छन्।
 
गैरजीवन बिमा कम्पनीतर्फ आइडल, जनरल इन्स्योरेन्स, अजोडा, मनकामना र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले समितिमा आवेदन दिएका छन्।

आवेदन दिएका १३ कम्पनीमध्ये ६ वटाले पूँजी बृद्धि गरेर भए पनि तत्काल लाइसेन्स दिनु पर्ने भन्दै आइरहेका थिए। एउटा भरपर्दो मापदण्ड तयार पारेर भए पनि लाइसेन्स दिनु पर्ने भन्दै उनीहरुले अर्थमन्त्री, समितिका अध्यक्षलगायतसँग आग्रह गर्दै आएका थिए।


यसअघिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले बजारमा आवश्यक अनुसार नै बिमा कम्पनी भएकाले नयाँ थप्न मानेका थिएनन्। उनले लाइसेन्सिङ पोलिसी पुनरावलोकन गर्न पनि चासो देखाएनन्।

नयाँ अध्यक्ष चापागाईँले भने पूँजी बृद्धि गर्दै नयाँ कम्पनी थप्न चाहेका हुन्। शुक्रबार उनले जीवन बिमाको पूँजी ५० करोडबाट दुई अर्ब र निर्जीवनको २५ करोडबाट एक अर्ब रुपैयाँ पुर्‌याएका छन्। पूँजी बृद्धि योजनामै समितिले नयाँ कम्पनीले बढेको पूँजीमा मात्र अनुमति पाउने उल्लेख गरेको छ।

अध्यक्ष चापागाईँले पहिले पनि नीतिगत रुपमा बन्द नभएको भन्दै अहिले पनि खुलिसकेको अवस्था नरहेको जानकारी दिए। ुहामी आवश्यक अध्ययन गरेर निर्णय लिन्छौुं उनले भने, ुत्यसपछि कति कम्पनी आवश्यक हो त्यो हेरेर अनुमति दिन्छौं।ु
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell