PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

तरार्इका धेरै किसानलार्इ थाहा छैन कृषि बिमा, के छ प्रक्रिया?



पहिलोपोस्ट

वीरगन्ज : तरार्इका जिल्लामा कृषि बिमा बारेमा धेरै किसान अनभिज्ञ रहेको पाइएको छ।

थौरै रकम तिरेर कृषिबालीमा हुने जोखिम हटाउन सकिने बिमामा किसानको आकर्षण छैन। बिमाका लागि तिर्नुपर्ने प्रिमियम रकम ७५ प्रतिशत बेहोर्दा समेत किसानको आकर्षण नभएकोमा बिमा कम्पनीका प्रतिनिधि समेत आश्चर्यमा परेका छन्।

सरकारले कृषि बिमा गर्दा लाग्ने प्रिमियमको २५ प्रतिशत मात्रै किसानले तिर्नुपर्ने प्रावधान ल्याएको छ। प्रुडेन्सियल इन्स्योरेन्सका प्रबन्धक अमर गौतमका अनुसार कृषि बिमा गर्नेको संख्या न्युन छ।
'हामीले कृषि बिमाका लागि पहल गरिररहेका छौँ। तर किसाननै आफ्नो कृषिबालीको बिमा गर्न चाहिरहेका छैनन्,' उनले भने, 'व्यावसायिक क्षेत्र र भवनले भने बिमा गरिरहेका छन्।'

किसानलार्इ बिमाबारे जानकारी गराउन नसक्दा कृषि बिमा न्युन भएको उनको भनाइ छ। 'एक कठ्ठा जमीनमा एक लाख रुपैयाँको उखु लगाएमा किसानले प्रिमियम बापत पाँच हजार रुपैयाँ बेहोर्नुपर्छ,' गौतमले भने, 'त्यसमा पनि १२ सय रुपैयाँ किसानले र ३७ सय रुपैयाँ सरकारले दिन्छ। कुनै विपदका कारण उखु नष्ट भएमा प्राविधिकको प्रतिवेदन अनुसार क्षतिपूर्ति पाइन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell