PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

केन्द्र विवादले गाउँपालिका कार्यान्वयनमा आउन सकेन



पहिलोपोस्ट

म्याग्दी : म्याग्दीको रघुगङ्गा भेगका आठ गाविसलाई समावेश गरिएको रघुगङ्गा गाउँपालिकाको केन्द्र विवादले तीन साता बितिसक्दा पनि गाउँपालिकाले औपचारिकता पाउन सकेको छैन।

यस गाउँपालिकामा समावेश अधिकांश साबिकका गाविसमा वडा कार्यालयसमेत स्थापना हुन नसकेको भगवतीका अगुवा रिम कटुवालले बताए। सरकारले राजपत्रमा रघुगङ्गा गाउँपालिकाको केन्द्र पाखापानी तोके पनि त्यस गाउँपालिकामा समावेश पाँच गाविसका बहुसङ्ख्यक जनतालाई अपायक पर्ने देखिएपछि गाउँपालिका कार्यान्वयन कठिन भएको हो।

पिप्ले, भगवती, बेगखोला क्षेत्रका बासिन्दाले यथास्थितिमा निर्वाचन गर्न नदिने भन्दै निर्वाचन बहिष्कार अभियान नै चलाएका छन् भने वडा कार्यालयसमेत सञ्चालनमा नआउँदा सर्वसाधारण समस्यामा परेका छन्। भौगोलिक विकटताका कारण गाउँपालिकामा समावेश आठ गाविस झीँ, पाखापानी, कुइनेमङ्गले, चिमखोला, दग्नाम, पिप्ले, भगवती र बेगखोलाका नागरिकलाई एउटै केन्द्रबाट सेवासुविधा लिन अपायक देखिएपछि त्यस क्षेत्रका सरोकारवालाले गाउँपालिका थप गरी विवाद समाधान गर्न माग गरेका छन्।

साबिकका आठवटा गाविसमा रहेका क्रियाशील राजनीतिक दल, जिल्लास्थित राजनीतिक दलमा प्रतिनिधित्व गर्ने अगुवा नेता र सरोकारवालाको हालै बेनीमा भएको छलफलबाट उनीहरुले रघुगङ्गा खोलावारि र पारिका बस्तीलाई पायक पर्ने गरी दुईवटा गाउँपालिका माग गर्ने निर्णयसमेत गरेका छन्। भू–बनोट र विकटताको कारण नागरिकलाई सेवासुविधा लिन सहज होस् भनेर रघुगङ्गापारिका बेगखोला, भगवती, पिप्ले, दग्नाम र चिमखोला गाविसलाई मौवाफाँट केन्द्र रहनेगरी गाउँपालिका बनाउनुपर्ने र झीँ, पाखापानी र कुइनेमङ्गले गाविसलाई समेटेर पाखापानी केन्द्र रहने गरी अर्को गाउँपालिका बनाउन माग गरिएको छलफलमा सहभागी शिव केसीले बताए। रासस  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell