PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

दिपायलको पेट्रोल पम्पबाट सल्किएको आगो नियन्त्रणमा



पहिलोपोस्ट

दिपायलको पेट्रोल पम्पबाट सल्किएको आगो नियन्त्रणमा

दिपायल :  डोटी दिपायलको पिपल्ला बजारस्थित जेबी पेट्रोल पम्पबाट सल्किएको आगो नियन्त्रणमा आएको छ।

पेट्रोलपम्पमै रहेको ट्यांकरबाट आगलागी सुरु भएको थियो। आगलागीबाट नजिकैका पसलहरु पनि नष्ट भएका छन्। केही बेरअघि प्रहरीको दमकल र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा आएको सई दिलबहादुर कुँवरले बताए। प्रहरी र स्थानीयले बाल्टीमा पानी बोकेर आगो नियन्त्रणको प्रयास गरेका थिए।


नजिकका पसल र राष्ट्रिय वाणिज्य बैंकमा पनि क्षति पुगे पनि पूर्ण विवरण आउन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell