
पाकिस्तानको सरगोधा सहरस्थित एक सूफी दरगाहका संरक्षकले कम्तीमा २० जनाको हत्या गरेका छन्।
दरगाहको रेखदेख गर्ने अब्दुल वहीद नामक व्यक्तिले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीले जनाएको छ। यस घटनामा परी थुप्रै घाइते भएका छन्।
रिपोर्टका अनुसार यो घटना सरगोधामा दरबार मोहम्मद अलीको दरगाहमा भएको हो। घटनापछि घाइतेहरुलाई जिल्ला मुख्यालय अस्पताल पुर्याइएको छ।
बिबिसीले जनाए अनुसार त्यहाँ हत्याको शृङ्खला शुक्रबार रातिदेखि नै भएको थियो। दरबारमा मोहम्मद अलीलाई मान्नेहरु दरगाहको संरक्षक कहाँ पुगेका थिए। त्यहाँ उनीलाई संरक्षकले नशिलो औषधि खुवाएका थिए। संरक्षक अब्दुल वहीदलाई उनका तीन साथीसहित गिरफ्तार गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।
स्थानीय मिडियामा देखाइएको फुटेजका अनुसार केही मृतकको पोस्टमार्टम पूरा भएको छ। यस घटनाका सबै मृतक दरबार मोहम्मद अलीका अनुयायी रहेका छन्। मृत्यु हुनेमा तीन महिला र १७ पुरुष रहेको बिबिसीले जनाएको छ।