PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

नेपाली सेनाद्वारा तिब्बतको सिमाना जोड्ने सडक निर्माण सुरु



पहिलोपोस्ट

गोरखा : नेपाली सेनाले बेनिघाट–आरुघाट हुँदै तिब्बतको सिमाना लार्केभञ्याङ जोड्ने सडकको नयाँ ट्र्याक खोल्ने काम सुरु गरेको छ। थुमी गाउँको अर्मलामा शिविर स्थापना गरी सेनाले सडक निर्माणको काम गरेको हो। पचहत्तर जना सेनाको टोली सडक निर्माणमा खटिएको छ।

सेनाका इन्जिनियर निशान्त पण्डितका अनुसार हावाडाँडादेखि लापु भिरसम्म रहेको चट्टान फुटाउन बम ब्लास्टका लागि प्वाल बनाउने काम भइरहेको छ। सेनाले हावाडाँडादेखि उहियाको तातोपानीसम्म १६ किलोमिटर सडक निर्माणका लागि अध्ययनसमेत गरिसकेको जनाएको छ। धादिङको बेनीघाटदेखि लार्केभञ्याङसम्मको सडक करिब एक सय ८३ किमी दूरीमध्ये सेनाले आरुघाट–लार्केभञ्याङ खण्ड करिब एक सय २१ किमी सडकको नयाँ ट्र्याक खोल्ने काम गर्दैछन्। बेनीघाट–हावाडाँडा खण्ड ६२ किमी सडक सडक विभागले निर्माण गरेको थियो।

हावाडाँडादेखि लापुभिर हुँदै नयाँ ट्र्याक खोल्न रु दुई करोड ५० लाख रुपैँयाँ बजेट निकासा भएको छ। माछाखोलामा अर्को शिविर राखेर केही दिनपछि उक्त खण्डमा नयाँ ट्र्याक खोल्ने काम पनि सुरु गर्ने इन्जिनियर पण्डितले बताए। सडक निर्माण हुने स्थल मनास्लु पदमार्ग रहेकाले पदमार्गको विकल्पमा अर्को बाटो खोल्ने तयारी पनि भइरहेको जनाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell