
काठमाडौं: गत शुक्रबार रोहित फिल्मसले आउँदो फागुन २ गतेलाई रिलिज टार्गेट गर्दै फिल्म घोषणा गर्यो। फिल्म प्रोडक्शनमा निस्कनु अघि देखि छक्कापञ्जा २, फाटेको जुत्ता, कृ लगायत फिल्मले पनि २०७४ का लागि रिलिज डेट टार्गेट गरिसकेका छन्। ग्याङस्टर ब्लुज भदौ २ गते, कृ भदौ ८ गते, दुई रूपैंया भदौ २३, छक्कापञ्जा २ले असोज ११ गतेलाई रिलिज टारगेट गरेका छन्।
त्यस्तै पोस्ट प्रोडक्शनको काम सक्किएको फिल्म 'मन्दिरा' असार २ गते र 'संरक्षण' युनिट साउन १३ गते आउने भएका छन्।
वैशाख एक गते नै तीन फिल्म घामपानी, लभ लभ लभ र राधे प्रदर्शन हुँदै छन्। घामपानी युनिटले नायक दयाहाङ राईको जन्म दिनको अवसरमा फिल्म सार्वजनिक गर्ने बताएको छ भने अन्य दुई फिल्मले नयाँ वर्षको बिदाको फाईदा उठाउने लक्ष्य लिएर वैशाख एक रिलिज मिती राखेको बताएका छन्।
अरु फिल्मसँग डेट नजुँधोस भन्ने सावधानी अपनाउदै निर्माण युनिटले फ्लोरमा निस्कनु अघि फिल्म घोषणा गरेका हुन्।
फिल्म 'जोनी जेन्टलम्यान'ले पनि जेठ १९ को रिलिज टार्गेट लिएको छ । निर्देशक नितीन चन्दले भने अरु फिल्मसँग नजुँधोस भनेरै यो मितीमा हाम्रो फिल्म रिलिज गराउन लागेका हौं।'
रेखा थापाको निर्माण रहने भनिएको फिल्म ‘रुद्रप्रिया’ले पनि कार्तिक २ गते रिलिज घोषणा गरेको छ। लक्ष्मीपूजाको अवसर पारेर फिल्म सार्वजनिक गर्ने बताइयो।
बैशाख पहिलो साताबाट फ्लोरमा निस्कने फिल्मलाई सुदिप भुषालले निर्देशन गर्नेछन्। रेखा थापाको निर्माण रहने भनिएको फिल्म ‘रुद्रप्रिया’ले पनि कार्तिक २ गते रिलिज घोषणा गरेको छ। लक्ष्मीपूजाको अवसर पारेर फिल्म सार्वजनिक गर्ने बताइयो। बैशाख पहिलो साताबाट फ्लोरमा निस्कने फिल्मलाई सुदिप भुषालले निर्देशन गर्नेछन्। फिल्ममा रेखा थापा, सुदर्शन थापा र अर्पण थापाको अभिनय रहनेछ।
त्यस्तै फिल्म एश्वर्य कार्तिक १ बाट प्रदर्शनमा आउने बताइएको छ। दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्ममा उत्तम प्रधान, प्रशान्त ताम्राकार र दिपिका प्रसाईंको मुख्य भूमिका रहनेछ। फिल्मलाई वैष्णोदेवी फिल्मको ब्यानरमा नायक प्रधानले निर्माण गरेका हुन्।