PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

स्थानीय निर्वाचनमा महिलाभन्दा ८५ हजार बढी पुरुष मतदाता



पहिलोपोस्ट

स्थानीय निर्वाचनमा महिलाभन्दा ८५ हजार बढी पुरुष मतदाता

काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रुप दिएको छ। 

आयोगले १६ वर्ष पुगेका नागरिकलाई फोटोसहितको मतदाता नामामावलीमा समावेश गरेपनि अन्तिम मतदाता नामावलीमा भने १८ वर्ष पुगेका बालिग मतदाताको संख्याको नामावली मात्र तयार पारेको छ। जसमा बालिग मतदाताको संख्या एक करोड ४० लाख ५४ हजार चार सय २२ कायम भएको छ।

अन्तिम नामावलीमा पुरुषको संख्या ७० लाख ६९ हजार सात सय १४ छ भने महिलाको संख्या ६९ लाख ८४ हजार छ सय २५ कायम भएको छ। एक सय ४३ मतदाता भने तेस्रो लिंगी छन्।  महिलाको भन्दा पुरुषको संख्या ८५ हजार ८९ बढी देखिएको छ।

निर्वाचन आयोगले अन्तिम रुप दिएको मतदाता नामावली वेबसाइटमा प्रकाशनका लागि प्रक्रिया अघि बढे पनि सबैले हेर्न मिल्ने भने प्रदेश नम्बर २ का जिल्लाहरुको पनि अन्तिम रुप भएपछि मात्र पाउने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

उनले अन्तिम रुप पाएका मतदाताको मतदान केन्द्रसहित उल्लेख गरेर मतदाता परिचयपत्र पनि प्रकाशन सुरु गर्ने जानकारी दिए।

'अब अन्तिम रुप पाएका मतदाताको परिचयपत्र प्रकाशन सुरु हुन्छ,' प्रवक्ता शर्माले भने, 'त्यसरी प्रकाशन गर्न करिब चार पाँच दिन लाग्न सक्छ, त्यतिन्जेल दुई नम्बर प्रदेशमा मतदान केन्द्र पनि प्रकाशन होला। त्यतिञ्जेल सबै मतदाताको नामावली मतदान केन्द्र अनुसार वर्गीकरण भइसक्ने अपेक्षा राखेका छौ।'

उनले वेवसाइटमा त्यसपछि मात्र प्रकाशित हुने र त्यहाँबाट आम नागरिकले हेर्नसक्ने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell