नयाँ दिल्ली : भारतका झन्डै दुई सय अर्धसैनिक प्रहरी विषाक्त खानाका कारण अस्पताल भर्ना भएका छन् ।
भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा भएको एक तालिममा खाना खाएपछि प्रहरीहरु विरामी भइ अस्पताल भर्ना गरिएको हो।
सेन्ट्रल रिजर्भ पोलिस फोर्स (सिआरपीएफ) मा आवद्ध ती प्रहरी प्रशिक्षार्थीहरु र तालिममा रहेका अन्य सुरक्षाकर्मीले खानाको रुपमा भात र माछा खाएका थिए।
अर्नाकुलम जिल्लामा शनिबार बेलुका साँझको खाना खाएपछि उनीहरु विरामी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। रासस÷एएफपी