PahiloPost

Jun 1, 2025 | १९ जेठ २०८२

भूकम्प प्रभावित १७ जिल्लामा आजदेखि पहिलो किस्ता, कास्कीको लुम्लेबाट वितरण सुरु हुँदै



पहिलोपोस्ट

भूकम्प प्रभावित १७ जिल्लामा आजदेखि पहिलो किस्ता, कास्कीको लुम्लेबाट वितरण सुरु हुँदै

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आजदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि अनुदान बापतको पहिलो किस्ता बितरण सुरु गर्ने भएको छ। लाभग्राही सूचीमा समावेश भएकाहरुलाई प्राधिकरणले घर बनाउन दिने तीन लाख अनुदानमध्ये पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ बितरण गर्न लागेको हो। 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। गोविन्दराज पोखरेलले आज कास्कीको लुम्लेबाट अनुदान बितरण सुरु गर्दैछन्। कास्कीका साविकका ३४ गाविस तथा नगरपालिकामा  सर्वेक्षण सकेर तथ्याङ्क प्राप्त भएका २ हजार २ सय ३८ घरधुरीमध्ये लुम्लेमा १ सय ६२ घरधुरी लाभग्राही सूचीमा समावेश छन्। 

भूकम्म प्रभावित अर्घाखाँची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की, खोटाङ, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, संखुवासभा, स्याङ्जा, चितवन, सोलुखुम्बु र तनहुँमा गरी अहिलेसम्म तत्कालीन ५ सय ८६ गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूची प्राप्त भइसकेको छ। बाँकीको तथ्याङ्क एकीकृत गर्ने कार्य भइरहेको प्राधिकरण सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख मनोहर घिमिरेले बताए। 

सोलुखुम्बुका केही क्षेत्रमा हिमपातका कारण तथ्याङ्क सकंनलन हुन सकेको छैन। ती  क्षेत्रमा केन्द्रबाट टोली खटाएर तथ्याङ्क संकलन गरिने केन्द्रीय तथ्याङ्क विभागको तयारी छ। 

प्राधिकरणले यसअघि पहिलो चरणमा तथ्याङ्क संकलन भइसकेका १५ हजार ७ सय ४३ लाभग्राहीलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ बितरण गर्न स्वीकृति दिइसकेको छ। अब बस्ने कार्यकारी समिति बैठकले बाँकी लाभग्राहीको सूचीलाई अनुमोदन गर्नेछ। प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाका अनुदान सम्झौता भएका ९८ प्रतिशत लाभग्राहीलाई अनुदानको पहिलो किस्ता दिइसकेको छ। भने, प्रक्रिया पूरा गरेका लाभग्राहीले दोस्रो र तेस्रो किस्ता समेत लिइरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell