काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै चितुवा छिरेको हल्ला फैलिएपछि करिब १५ मिनेट विमानस्थल अवरुद्ध भएको छ।
बुद्ध एयरलाइन्सका पाइलटले बिहान ७ बजेतिर चितवा देखेको सूचना दिएपछि ८ बजेदेखि सवा ८ बजेसम्म विमानस्थलको सम्पूर्ण उडान-अवतरण बन्द गरिएको थियो।
'पाइलटले देखेको चितवा हो कि बिरालो भन्ने अझै निश्चित भएको छैन,' विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने।
अहिले विमानस्थलमा पाइलटले देखेको भनिएको चितुवाको खोजी कार्य जारी रहेको ठाकुरले जानकारी दिए। त्यसका लागि जिल्ला वन कार्यालयका प्रतिनिधि र प्रहरी परिचालन गरिएको छ।