PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

म्याग्दीमा पाँच करोड लागतमा नौ वटा झोलुङ्गे पुल निर्माण सुरु



पहिलोपोस्ट

बाबियाचौर : म्याग्दी जिल्लामा यस वर्ष रु पाँच करोडभन्दा बढीको लागतमा नौ वटा झोलुङ्गे पुल निर्माण सुरु भएको छ। 

जिल्ला समन्वय समितिमार्फत निर्माण सुरु भएका झोलुङ््गे पुल आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। रघुगङ्गामा तीन, धौलागिरिमा दुई, अन्नपूर्ण, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालीकामा एक–एक वटा झोलुङ्गे पुल निर्माण हुने समितिका असिस्टेन्ट सब इन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए। 

उनका अनुसार रु पाँच करोड ११ लाख ८२ हजार ८०९ लागत अनुमान गरिएको नौ वटा झोलुङ्गे पुलबाट बेगखोला, मुदी, दरवाङ, मुना, बेनी नगरपालिका, कुइनेमङ्गले, नारच्याङ, देवीस्थान र चिमखोलाका बासिन्दा लाभान्वित हुने भएका छन्। 

रघुगङ्गा गाउँपालिका–१ बेगमा रु दुई करोड ७९ लाख ९० हजार १०० को लागतमा ३६५ मिटर लामो झोलुङ्गे पुल ठेक्कामार्फत निर्माण सुरु भएको छ। 

बेग र बादुक गाउँलाई जोड्ने यो झोलुङ्नै पुल नेपालकै लामो हुने जिल्ला समन्वय समितिको दाबी छ। धौलागिरि गाउँपालिका–४ मुदीको गोरङखोलामा रु ३९ लाख ११ हजार ३२४ को लागतमा ९५ मिटर, मालिका गाउँपालिको दुखु सार्दीखोलामा रु २३ लाख ८७ हजार ३८१ को लागतमा ४२ मिटर र बेनपा–२ ठूलोखोलामा म्याग्दी खोलामाथि रु ३५ लाख ७० हजार ९८४ मा ७५ मिटर लामो झोलुङ्गे पुल निर्माणको काम सुरु भएको छ। 

पुल निर्माणका लागि टिबीएसयुले स्टील डेग, लठ्ठालगायतका सामग्री सहयोग गरेको छ। गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको छ। उपभोक्ताको दुई र प्रभावित क्षेत्रमा पर्ने साविक गाविस कार्यालयको चार प्रतिशत लगानी हुने जनाएको छ। 

गत आव २०७२÷७३ मा म्याग्दीमा करिब रु साढे पाँच करोडको लागतमा १६ वटा झोलुङ्गे पुल निर्माण भएका थिए। जिल्लाभर २०० झोलुङ्गे पुलको हेरालु राखेर नियमित मर्मत सम्भार गरिँदै आएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell