PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

संविधान संशोधन अब निर्वाचनपछि : माधव नेपाल



पहिलोपोस्ट

संविधान संशोधन अब निर्वाचनपछि : माधव नेपाल

पोखरा : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताएका छन्। 

प्रेस चौतारी नेपाल कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले देश चुनावमय बनिसकेको र निर्वाचन आयोग पनि वैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्न तीव्र गतिले अघि बढिसकेकाले सानातिना विवादमा अल्झेर निर्वाचनलाई कोही कसैले अप्ठ्यारो पार्ने काम नगर्न आग्रह गरे। 

नेता नेपालले भने ‘अहिलेको बेला संविधान संशोधन गर्ने बेला होइन, देश र जनताको हितमा छ भने त्यो पछि विचार गरौँला।’

प्रजातन्त्रको संस्थागत विकास गर्ने आधार खम्बा नै निर्वाचन हो भन्दै उनले जनताका सेवा र सुविधा घरदैलोमा पुर्‌याउने नयाँ संरचना अनुसारको स्थानीय तहको निर्वाचनबाट मधेसवादी दल डराएर जनताबाट भाग्लान जस्तो आफुलाई नलागेको चर्चा गरे। 

उनले केही वर्षदेखि देशले भोग्दै आएको राजनीतिक अस्थिरताको अन्त्य गर्न निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत पाउनु पर्ने जिकिर गरे। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell