PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पाकिस्तान जनगणना : एक पतिका ६ पत्नी र ५४ सन्तान



पहिलोपोस्ट

पाकिस्तान जनगणना : एक पतिका ६ पत्नी र ५४ सन्तान

पाकिस्तानको बलुचिस्तानमा चलिरहेको जनगणनाका क्रममा एउटा परिवारमा ५४ सन्तानको जन्म भएको तथ्याङ्क भेटिएको छ। 

जन्मिएका सन्तानहरुमा १२ को मृत्यु भइसकेको छ भने ४२ अहिले जीवित नै छन्।

बिबिसी उर्दू संवाददाता मोहम्मद काजमीका अनुसार ५० भन्दा बढी सन्तान जन्माउने हाजी अब्दुल मजीद बलुचिस्तानको नुश्की जिल्लाका वासिन्दा हुन्।

नुश्की क्वेटाबाट लगभग १३० किलोमिटरको दूरीमा पूर्वतर्फ अफगानिस्तानको सिमानामा रहेको छ। अब्दुल मजीदको उमेर ७० वर्षको छ र उनी पेसाले ड्राइभर हुन्।


हाजी अब्दुल मजीदको परिवार

अब्दुल मजीदले छ वटा विवाह गरेका थिए। उनकी पत्नीहरुमा दुईको मृत्यु भइसकेको छ। चार पत्नी अहिले पनि उनीसँगै बस्छिन्। अब्दुल मजीदका ४२ जीवित बच्चामा २२ छोरा र २० छोरी रहेका छन्। 

यस जनगणनाभन्दा अघि क्वेटा सहरमा बस्ने जान मोहम्मद खिलजीलाई सबैभन्दा बढी सन्तानका पिता मानिन्थ्यो। उनका ३६ सन्तान थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell