PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नारायणगढ-मुग्लिन सडकमा पहिरो : एकको मृत्यु, उद्धार जारी



सविन ढकाल

नारायणगढ-मुग्लिन सडकमा पहिरो : एकको मृत्यु, उद्धार जारी

काठमाडौं : नारायणगढ-मुग्लिन सडक खण्डमा गएको सुक्खा पहिरोमा परी एक जनाको ज्यान गएको छ।

आज बिहान घुमाउने भन्ने ठाउँमा गएको सुक्खा पहिरोमा परी एक जनाको मृत्यु भएको हो। घटनामा अन्य दुई जना घाइते भएको चितवन ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरीक्षक सन्तोष पन्तले जानकारी दिए। पहिरोमा ट्यांकर पुरिँदा त्यसका चालक पनि घाइते भएका छन्।

पहिरोमा अरु पनि पुरिएको हुन सक्ने प्रहरीले जनाएको छ। उद्धारका लागि अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ। पहिरो पन्छाउने काम भइरहेको पन्तले बताए। ट्रयाक्टर, ट्रक र मोटरसाइकलहरु पुरिएको र ठूला ढुंगा खसेकाले तिनमा क्षति पुगेको छ।

पहिरोको कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।

 

 

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell