PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सन्तोषभित्र 'चाखेर किन्न नपाइने जवानी'



पहिलोपोस्ट

सन्तोषभित्र 'चाखेर किन्न नपाइने जवानी'

काठमाडौं : इलामे गीतकार सन्तोष भक्त राजलवट एकल गीति संग्रह 'सन्तोष'का साथ आएका छन्।

६ वटा गीत समाविष्ट एल्बममा प्रेम-वियोग, इलामको प्राकृति सौन्दर्यलाई शब्दमा उनिएको छ। इलामका बाँसुरीवादक चुनीराम तिखत्रीको जीवनगाथालाई पनि उनले गीतमार्फत उजागर गरेका छन्।

इलाममै रहेर गीतसंगीत साधनमा लागिरहेका राजलवटको यो तेस्रो गीति एल्बम हो। उनले यसअघि ‘दुखाइ’ र ‘हेल्लो ड्राइभर दाइ’ एल्बम सार्वजनिक गरेका थिए।

'सन्तोष'मा मनोजराज सिवाकोटी, रमेश श्रेष्ठ, रजिना रिमाल, मिलन अमात्य र  बलराम समालको स्वर छ भने बिबी अनुरागी, डेनी निरौला, सन्तोष श्रेष्ठ, बलराम समालले संगीत दिएका छन्। एल्बमलाई विन्दवासिनी म्युजिकले बजारमा ल्याएको हो।एल्बमभित्रको गजल 'चाखेर किन्न नपाइने'को म्युजिक भिडियो समेत सार्वजनिक भएको छ।

हेर्नुस् भिडियो-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell