
काठमाडौं : नारायणगढ-मुग्लिन सडक खण्डमा गएको सुक्खा पहिरोमा परी एक जनाको ज्यान गएको छ।
आज बिहान कविलासको घुमाउने भन्ने ठाउँमा गएको सुक्खा पहिरोमा परी दुई जनाको मृत्यु भएको हो। घटनामा घाइते भएका उनीहरुको उद्धार गरी उपचारको क्रममा चितवनको भरतपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको नामवतन खुल्न सकेको छैन।
पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएको चितवन ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरीक्षक सन्तोष पन्तले जानकारी दिए। पहिरो खस्दा सडकमा गुडिरहेका गाडीहरुमाथि ठूल्ठुला ढुंगा खसेका थिए।
पहिरोमा अरु पनि पुरिएको हुन सक्ने र मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको पन्तले बताए। पहिरोको कारण नारायणगढ-मुग्लिन सडक खण्ड तत्काल खुल्ने अवस्था नरहेको पनि उनले जानकारी दिए।