PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

टोखा महोत्सवमा कलाकारको प्रतिस्पर्धा



पहिलोपोस्ट

टोखा महोत्सवमा कलाकारको प्रतिस्पर्धा

काठमाडौं: ‘टोखा सांस्कृतिक पर्यटन तथा उद्योग व्यापार महोसत्व २०७३/७४’ आयोजना हुने भएको छ। श्री भगवती क्लब टोखाले चैत २७ गतेदेखि वैशाख १० गतेसम्म दुई साता लामो महोत्सव आयोजना गर्ने भएको हो ।

महोत्सवका क्रममा स्थानीय स्तरका कलाकारहरुबीच प्रतिस्पर्धात्मक प्रतियोगिता सञ्चालन गरी उत्कृष्टलाई पुरस्कृत गरिने आयोजले बताएका छन्।

कार्यक्रममा हेमन्त शर्मा, युवराज चौलागाईं, नविन के भट्टराई, श्रेया सोताङ, रोयल ब्याण्ड, मिङ्मा शेर्पा सहितका गायक गायिकाहरुसहित हास्य कलाकार तथा जादूगर महादेव त्रिपाठी, इकु सुलेमान शंकर, कलाकार राम थापा, सुजित थापा, शिव शर्मा तथा कविता शर्मासहित कलाकारले प्रस्तुति दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell