PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

भारतीय जलसेनाले सगरमाथा आरोहण गर्ने



पहिलोपोस्ट

भारतीय जलसेनाले सगरमाथा आरोहण गर्ने

काठमाडौं : भारतीय जलसेनाको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ। 

सो टोलीले आज लैनचौरस्थित भारतीय राजदूतावासमा पत्रकारसम्मेलन गरेर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिएको हो। आरोहणका लागि इन्डियन नेभीका युनिट कमाण्डर सञ्जय कुमार कुलकर्नीको कमान्डिङमा २४ जनाको टोली काठमाडौं आइपुगेको छ। उनीहरुले इन्डियन ओसनको पिँधमा पुर्‍याएर ल्याइएको आइस एक्स (बन्चरो)लाई सर्वोच्च शिखर सगरमाथासम्म पुर्‍याउने जनाइएको छ।

'सागरताल टु सगरमाथा' नाम दिइएको यो यात्राका लागि भारतीय नेभीका चिफ अफ स्टाफले मार्च २३ मा पठाएको भारतीय राजदूतावासले जानकारी दिएको छ। उक्त टोली १५ दिन लगाएर काठमाडौंबाट ट्रेकिङ गरेर सगरमाथाको बेसक्याम्पसम्म पुग्ने दुतावासले जानकारी दिएको छ। उनीहरुलाई नेपाली पर्वतारोहणका निङ्मा शेर्पाले गाइड गरेर लैजाने जनाइएको छ।


टोलीमा १२ जना अफिसर, चारजना जुनियर अफिसर कमिसन्ड अफिसर र अन्य दर्जाका ८ जना रहेको जनाइएको छ। उक्त टोलीले अहिलेसम्म ८ हजार मिटरको उचाइको कुनै पनि हिमाल नचढेकाले उच्च हिमाली क्षेत्रको वस्तुस्थिति बुझ्दै नाम्चेबजारसम्म जाने कमाण्डर कुलकर्नीले जानकारी दिए।

भारतीय जलसेना सन् १९६५ मा पहिलोपटक सगरमाथा चढेको थियो। त्यसपछि सन् २००४ मा पनि भारतीय जलसेनाका ६ जना जवानह पनि सगरमाथा चढिसकेका थिए।

कार्यक्रममा भारतीय राजदूतावासका विदेशी मामिला प्रमुख विनय कुमारले यो शिखर आरोहणले दुई देशबीचको पुरानो सम्बन्धलाई अझ गतिशील बनाउने बताए। उनले भारतबाट वार्षिक २२ मिलियन पर्यटक घुम्नका लागि संसारभर निस्किने र इन्डियन नेभीको यो यात्राले नेपाल तथा भारतीय पर्यटकलाई नेपालको पर्यटन तथा ट्रेकिङको क्षेत्रमा सहयोग हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell