PahiloPost

Jun 5, 2025 | २३ जेठ २०८२

१३ दिनमा १ करोड ४० लाख मतदाता परिचयपत्र छाप्न ६ सय खट्दै



रमेश वाग्ले

१३ दिनमा १ करोड ४० लाख मतदाता परिचयपत्र छाप्न ६ सय खट्दै

काठमाडौँ : मतदाता परिचयपत्र छपाई र लेमिनेशन गर्ने जिम्मा लिएको ओम्नी कम्पनीले परिचयपत्र लेमिनेशनका लागि मात्र ६ सय जनालाई रोजगारी दिएको छ। 

आयोगले गाउँ गाउँमा लेमिनेसनसहितको मतदाता परिचय पत्र पठाउने निर्णय गरेपछि ओम्नीले ठेक्का पाएको थियो। निर्वाचनका लागि ४१ दिन समय बाँकी रहँदा आयोगले आजैदेखि मतदाता परिचय पत्रसमेत छपाई गर्दैछ। 


निर्वाचन आयोग परिसरमा परिचय पत्र छपाईको मेसिन राखिएको छ भने चार सिफ्टमा ६ सय जना कर्मचारीले लेमिनेसनको काम गर्नेछन्। मतपत्र छपाई र कटिङ मेसिनले गर्ने भएपनि प्रत्येक कार्ड लेमिनेसन गर्नु चुनौतीपूर्ण छ। 

कम्पनीले लेमिनेसन नसकिदाँसम्मका लागि भन्दै ६ सय युवा युवतीलाई रोजगारी दिएको हो। उनीहरुलाई सोमबार कम्पनीले लेमिनेसनको तालिम दिएको छ। अब उनीहरुले एक करोड ४० लाख ५४ हजार चार सय २२ मतदाताको परिचयपत्रको लेमिनेसन गर्नेछन्। स्थानीय निर्वाचनमा ७० लाख ६९ हजार सात सय १४ पुरुष  र ६९ लाख ८४ हजार छ सय २५ महिलाको नाम मतदानमा सहभागी हुँदैछन्। एक सय ४३ मतदाता भने तेस्रो लिंगी छन्।


आयोगले आउँदो बैशाख २ गतेभित्र प्रत्येक जिल्लाको सदरमुकाममा मतदाता परिचय पत्र पुर्‍याउने लक्ष्य राखेको छ जस अनुसार अबको १३ दिनमा ओम्नीले छपाई सक्नुपर्नेछ। कम्पनीले साठी वटा लेमिनेशन मेसिन आयोग परिसरमा राखेको छ। 





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell