PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

किन टाढिंदैछन् रणबिर सिंह र दीपिका पादुकोण? 



पहिलोपोस्ट

किन टाढिंदैछन् रणबिर सिंह र दीपिका पादुकोण? 

बलिउड जोडी कहलिएका अभिनेता रणबिर सिंह र अभिनेत्री दीपिका पादुकोण बिच दुरी बढ्दो छ। हाल उनीहरु एउटाै फिल्म 'पद्मावती'को छायांकनमा व्यस्त छन् तर उनीहरुको निकटता कम भएको छ। दुबै एकसाथ पार्टीमा नदेखिदैनन्। एउटै पार्टीमा पनि एकैसाथ आउँदैनन्। एकसाथ फोटो पनि खिच्दैनन्। 

आखिर किन टाढिंदैछन् रणबिर र दीपिका? 

वेब दुँनियाले जनाए अनुसार फिल्म पद्मावतीका निर्देशक संजयलिला भंसालीको आग्रहमा यि दुईले दुरी कायम राखेका हुन्। फिल्म प्रचार सुरु हुनुअघि नै रणबिर र दीपिका एकसाथ नदेखिउन् भन्ने उनको इच्छा हो। उल्लेख गरिए अनुसार पद्मावती प्रोडक्शन क्रमको दीपिका र रणबिर लुक्स उनी एउटै फोटोमा सार्वजनिक भएको देख्न चाहदैनन्।

बलिउडमा़ यि दुई कलाकार स्थापित गराउन भंसालीको ठूलो भूमिका रहेको विश्वास गरिन्छ। फिल्म 'रामलिला', 'बाजीराव मस्तानी' जस्ता फिल्ममा संजयले यि जोडीलाई नै प्रस्तुत गरे जसका कारण रणबिर र दीपिकाले उनको आग्रहमा आपत्ती जनाएका छैनन्। 

१६५ करोड लगानी दाबी गरिएको फिल्ममा साहित कपूरको पनि अभिनय रहेको छ। भायाकम १८ मोशन पिक्चर्स र भंसाली प्रोडक्शनको ब्यानरमा बन्न लागेको फिल्म आउँदो नोभेम्बर १७ मा सार्वजनिक हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell