PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

महानगरपालिकाले राजधानीमा स्कार्इ बस सञ्चालन गर्ने



पहिलोपोस्ट

महानगरपालिकाले राजधानीमा स्कार्इ बस सञ्चालन गर्ने
जापानको क्योटोमा चल्ने स्काइ बस। फोटो साभार : .kyotostation.com

काठमाडौं : काठमाडौं महानगरपालिकाले पर्यटन व्यवसायीसँग सहकार्य गरेर राजधानीमा स्कार्इ बस सञ्चालन गर्ने भएको छ। 

स्वदेशी तथा विदेशी पर्यटकलार्इ लक्षित गर्दै महानगरले ६ महिनाभित्रै स्कार्इ बस संचालनमा ल्याउने दाबी गरेको छ। महानगरपालिकाका कार्यकारी प्रमुख र्इश्वरराज पौडेलले केही दिनअघि आफ्नो कार्ययोजना पेश गर्दै सार्वजनिक निजी अवधारणामा बस संचालनमा ल्याउने आफ्नो कार्ययोजना सार्वजनिक गरेका थिए। 

पहिलो चरणमा दुर्इवटा बस ल्याएर परीक्षणको रुपमा संचालनमा ल्याइने महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए। बस खरीदका लागि बजेटको व्यवस्था भइसकेको र छिट्टै टेण्डर गरिने उनले जानकारी दिए।
 
यो बसमा काठमाडौँ, भक्तपुर र ललितपुरका पर्यटकीय स्थलहरुमा स्वदेशी तथा विदेशी पर्यटकलार्इ घुमाउन प्रयोग गरिने कार्कीले बताए। दुर्इ तले बसमा माथिल्लो तला भने 'ओपन' हुनेछ। मेलम्ची खानेपानीको पाइपलाइनका कारण बसमा धूलोले पर्यटकलार्इ घुमाउन असजिलो हुने भएकोले सडक पूर्वाधार तयार भएपछि बस संचालनमा ल्याइने कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell