
काठमाडौं: आशुसेन फिल्मसले पुनः कभर गीत प्रतिस्पर्धा आयोजना गरेको छ। फिल्म 'प्रेमगीत २'का लागि निर्माण कम्पनीले प्रतियोगिता घोषणा गरेको हो। सहभागिले बैशाख १ गते रिलिज हुने शीर्ष गीतमा कभर गीत निर्माण गर्न सक्ने छन्।
रोहितजोन क्षेत्री र श्रेया सोताङले स्वर दिएको गीतमा भिडियो साझेदारी साइट युट्युव कभर सङ बनाउन सकिने निर्माता सन्तोष सेनले बताएका छन्। यसपटक कम्पनीले पुरुष र महिलाका लागि अलग अलग प्रतिस्पर्धा गर्दैछ। दुबैतर्फ जित्ने प्रतिस्पर्धीले १ लाख नगद साथै गायन मौका पाउनेछन्।
प्रतिस्पर्धाका नियम कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने बताइएको छ। अघिल्लोपटक आशुसेन फिल्मले खुल्ला कम्पिटिसन गरेको थियो।
अघिल्लो संस्करणका विजयी सागर संसार राईले प्रेमगीत २ का लागि गीत रेकर्ड गराइसकेका छन्।