काठमाडौं : एटिएम बुथबाट अवैध रुपमा अरुको पैसा झिक्ने चार मोल्दोभियन नागरिक पक्राउ परेका छन्। उनीहरुको साथबाट प्रहरीले ७ लाख ८१ हजार ३५० नेपाली रुपैयाँ, १६ सय अमेरिकी डलर र २२ सय ४५ युरो र ४ सय ९५ थान एटिएम बरामद गरेको छ।
पक्राउ पर्नेहरुमा २५ वर्षका निकु देकोरदिजा, ३४ वर्षका भ्यासिल फेतेस्कु, ३२ वर्षीय युरे देर्मेन्जी पा र ३६ वर्षीय युजेन्यु देओरिजा पा रहेका छन्।
कान्तिपथ र ठमेलमा रहेको ग्लोबल आइएमई बैंकको एटिएम बुथबाट उनीहरुले पैसा झिकेको पाइएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेतले बताए।
उनीहरु यसअघि पनि पटकपटक भिजिट भिसामा नेपाल आउने गरेको र दुई जनासँग दुईटा पासपोर्ट रहेको पाइएको बस्नेतले जानकारी दिए।
पछिल्लो समय एटिएम बुथबाट विभिन्न उपकरण, प्रविधि प्रयोग गरी पैसा झिक्ने गतिविधिमा विदेशी नागरिक सक्रिय भइरहेका छन्।
सम्बन्धित समाचार
- एटिएमबाट पैसा चोरीमा भारतीय नागरिक : २ जना पक्राउ
- नबिल बैंकको एटिएम बुथबाट करोडौं रकम झिक्ने गिरोह पक्राउ
- एटिएमको पिनकोड चोर्दै करोडौँ ठग्ने 'मोस्ट वान्टेड' डंगोल प्रहरी फन्दामा
- विदेशीलाई 'एटिएम फ्रड' गर्न नेपालीकै साथ : तीन कारण, जसले यो सम्भव बनाएको छ
- यो सिसिटिभी भिडियोले पत्ता लाग्यो एटिएम फ्रडको डरलाग्दो धन्दा