PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

फिल्म 'ह्याप्पी डेज'को टीजर रिलिज, प्रदर्शन मिति पनि घोषणा



पहिलोपोस्ट

फिल्म 'ह्याप्पी डेज'को टीजर रिलिज, प्रदर्शन मिति पनि घोषणा

काठमाडौं: फिल्म 'ह्याप्पी डेज'ले टीजर रिलिजसहित प्रदर्शन मिति घोषणा गरेको छ। रोम्यानटिक ड्रामा मंसिर १५ मा नेपाल रिलिज हुने भएको छ। निर्माता एवं निर्देशक चाम्सले प्रदर्शन मितिको पुष्टि गरेका हुन्। लन्डन, अष्ट्रेलिया र हङकङमा भने फिल्म अगस्ट १ मा एकसाथ रिलिज हुने भएको छ।

दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित फिल्मले बेलायती आइडीवाली युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्षको कथा बोल्छ। फिल्मको सम्पूर्ण छायांकन बेलायतमै गरिएको छ।

बिपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन समावेश छ।

हेर्नुस् टिजर: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell