PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

भन्सारको बाटो भएर चितुवाको छाला र हड्डी तस्करी



राधेश्याम पटेल

भन्सारको बाटो भएर चितुवाको छाला र हड्डी तस्करी

वीरगन्ज : नेपालबाट भारत भएर तेस्रो मुलुकमा दुर्लभ वन्यजन्तुको छाला र हड्डी भन्सारकै बाटो तस्करी हुने गरेको खुलेको छ। पर्सा प्रहरीले सोमबार वीरगन्ज भन्सार परिसरबाटै ठूलो परिमाणमा चितुवाको छाला र हड्डी बरामद गरेपछि तस्करीको रुटबारे यकिन भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको सूचनाको आधारमा पर्सा प्रहरीले भन्सार परिसमा बेवारिसे अवस्थामा रहेको चितुवाको हड्डी ३४ केजी नौ सय ग्राम र दुइ वटा छाला बरामद गरेको हो। भन्सारको यार्डमा दुई वटा थोत्रो टिनको बाकसभित्र राखिएको १६ वटा पोकामा रहेको हडड्डी र छाला हिजो साँझ बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले बताए।

बरामद गरिएको छाला र हड्डी जिल्ला वन कार्यालय पर्सामा बुझाइएको छ। वन्यजन्तुको चोरी सिकारी गर्नेहरुले मकवानपुरको जंगलमा चितुवा मारेर त्यसको छाला र हड्डी भारत भएर तेश्रो मुलुकमा तस्करी गर्ने गरेका पछिल्लो घटनाक्रमले बताएको छ। अस्ती सिआइबीको टोलीले काठमाडौँबाट वन्यजन्तुको छाला र हड्डीसहित एक भारतीय नागरिकसँगै तीन जनालाइ नियन्त्रणमा लिएर सोधपूछ गरेपछि वीरगन्ज भन्सारमा तस्करीको छाला र हड्डीसम्म प्रहरी पुग्न सकेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell