PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

संविधान संशोधनको माग गर्दै संघीय गठबन्धनले गर्‍यो राजधानीमा विरोध प्रदर्शन



पहिलोपोस्ट

संविधान संशोधनको माग गर्दै संघीय गठबन्धनले गर्‍यो राजधानीमा विरोध प्रदर्शन

काठमाडौं : संघीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधनको माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेको छ। संशोधन नहुँदै सरकारले स्थानीय निकायको चुनाव घोषणा गरेको विरोधमा गठबन्धनले पूर्वघोषित कार्यक्रमअनुसार काठमाडौंमा विरोध र्‍याली एवं प्रदर्शन गरेको छ।

संघीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधन हुनुपर्ने, सहमतिका आधारमा चुनाव घोषणा हुनुपर्ने लगायत माग गर्दै आज चैत्र २१ गते सरकारविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको हो।

सोमबार दिउँसो काठमाडौंको शान्तिवाटिकामा भेला भई बागबजार, पुतलीसडक, प्रदर्शनी मार्ग,सहिद गेट, न्यूरोड हुँदै नाराबाजी र ब्यानरसहितको विरोध र्‍याली जुद्धशालिक पुगेर सभामा परिणत भएको थियो।

प्रदर्शनमा सहभागीले स्थानीय चुनावअघि संविधान संशोधन नभए कुनै पनि हालतमा चुनाव हुन नदिने भन्दै सरकारलाई सचेत गराएका छन्।

विरोध सभालाई सम्बोधन गर्दै गठबन्धनको मुख्य घटक संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन बिना चुनाव औचित्यहीन भएको भन्दै सार्थक चुनावका लागि संविधान संशोधन र सहमतिमा आधारमा चुनावको तिथि घोषणा हुनु पर्ने माग गरे।

त्यस्तै, संघीय लिम्बूवान राष्ट्रिय पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देन मिराकले संविधान संशोधनलाई थाती राखेर चुनावमा गए परिणाम ठीक नहुने चेतावनी दिँदै मधेसी, आदिवासी जनजाति, दलित, थारु, खस, महिला, सीमान्तकृतलगायतको माग सम्बोधन नभएसम्म कुनै पनि चुनावको अर्थ नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell