PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

चार पर्यटकसित ४९५ वटा एटिएम कार्ड, एयरपोर्टमा शंकासम्म नगर्दा बैँक र सर्वसाधारणलाई सास्ती



सविन ढकाल

चार पर्यटकसित ४९५ वटा एटिएम कार्ड, एयरपोर्टमा शंकासम्म नगर्दा बैँक र सर्वसाधारणलाई सास्ती

काठमाडौः घुम्न नेपाल आउने चार जना विदेशीले आफूसँग कति वटा एटिएम कार्ड ल्याउलान्?

चार जनाले चार वटा मात्रै ल्याए पनि १६ वटा।

तर केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका टुरिस्ट भिसा भएका चार जना मोल्दोभियन नागरिकसित ४ सय ९५ वटा एटिएम कार्ड थियो। सँगै कार्ड स्किम डिभाइस पनि। जुन अर्काको एटिएम कार्डको तथ्याङ्क थाहै नदिई चोर्न प्रयोग गरिन्छ।  

उनीहरु सहजै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा जाँचबाट पास भए। त्यहाँ कार्यरत कर्मचारीहरुमा प्राविधिक ज्ञान भएको भए उनीहरु विमानस्थलमै पक्राउ पर्थे। 

विमानस्थलका कर्मचारीमा प्राविधिक ज्ञानको अभाव र शंका लागेको बेला प्रहरीलाई खबर नहुँदा उनीहरुलाई ठगीमा सफलता मिल्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत बताउँछन्। उनले भने, 'कर्मचारीमा ज्ञान छैन। त्यसैले अपराधीलाई थप हौसला पुगेको छ।'  
आइतवार ब्युरोको टोलीले काठमाडौंको ठमेल क्षेत्रबाट अरुको एटिएमबाट रकम झिक्ने चार जना मोल्दोभियन नागरिकलाई विदेशी रुपैयाँसहित पक्राउ गर्‍यो। उनीहरुको साथबाट प्रहरीले नेपाली ७ लाख रुपैयाँ, १६ सय अमेरिकी डलर र २२ सय युरोसहित एटिएमबाट अवैध पैसा झिक्ने उपकरणसमेत बरामद गरेको छ। 

गत कात्तिक महिनामा अरुको एटिएमबाट पैसा झिक्दै गर्दा पक्राउ परेका ३ जना रोमनियाली नागरिक पक्राउ परे। उनीहरुले पनि विदेशबाट ३ सय ५० थान एटिएम, स्किम कार्ड र हिडन क्यामरा समेत ल्याएका थिए। तर विमानस्थलका कर्मचारीले उनीहरुलाई रोक्न सकेनन्। उनीहरुले नेपाल आएर एटिएमबाट रकम त झिक्न सफल भए, तर फर्कन नपाउँदै प्रहरीको पन्जामा परे।

अहिलेसम्म  एटिएमबाट अरुको रकम झिक्ने अभियोगमा पक्राउ परेका १५ जना विदेशीले विदेशबाट नै सामान बोकेर आउने गरेको  ब्युरोका एसएसपी बस्नेत बताउँछन्। विमानस्थलको अध्यागमन कक्षमा प्रहरीले चेकजाँच गर्न पाउँदैनन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell