PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

राजविराजमा सकेट बम फेला, सुरक्षाकर्मी घटनास्थलमा 



पहिलोपोस्ट

राजविराजमा सकेट बम फेला, सुरक्षाकर्मी घटनास्थलमा 

राजविराज : सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा रहेको एक जना व्यापारीको घरमा आज बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ। 

स्थानीय विनोद चौधरी (दास)को घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएको व्यापारी हुन्। 

बम निस्क्रिय पार्नको लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशत्र प्रहरी त्यहाँ पुगेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताए। 

यसैबीच बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ। बम फेला परेको ठाउँमा अहिले अवस्था तनावपुर्ण रहेको स्थानीयवासीले बताएका छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell