काठमाडौँ : निर्वाचन आयोगले ७५ जिल्लाकै जिल्ला न्यायाधीशहरुलाई शुक्रबारदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ। एकभन्दा बढी जिल्ला न्यायाधीश रहेको हकमा सवैभन्दा बरिष्ठ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।
न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय, कानुन र सरकारी वकिल र प्रशासन समूहका ६६९ अधिकृतहरुलाई आयोगले जिम्मेवारी तोकेको हो । आयोगको सोमबार बसेको बैठकले निर्वाचन अधिकृत नियुक्त गरेको हो।
वैशाख ३१ गते हुन लागेको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतले वैशाख ३ गतेसम्म र निर्वाचन अधिकृतहरुले वैशाख १२ गतेसम्म आफ्नो कार्यालय स्थापना गर्नुपर्नेछ।
अदालतमा मुद्दा परेपछि निर्वाचन अधिकृत छनोटमा केही दिन ढिला भएको थियो । आयोगले कानुन समूहबाहेक प्रशासनबाट निर्वाचन अधिकृत माग्ने पत्रचार गरेपछि कानुन र सरकारी वकिल समूहका कर्मचारी अदालत पुगेका थिए। उच्च अदालत पाटनले चैत १० गते स्थानीय तह निर्वाचन ऐनको दफा ७ अनुसार आयोगले काम अघि बढाउने विश्वासमा प्रक्रिया नरोक्ने आदेश गरेको थियो।
उच्च अदालतको आदेशपछि आयोगले पुनः कानुन समूहबाट निर्वाचन अधिकृत माग गरेको थियो। सोही निर्णय बमोजिम आयोगले निर्वाचन अधिकृत तोकेको हो। कानुन समूहबाट अपुग भएको स्थानमा प्रशासन समूहबाट पनि निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।
हेर्नुस् कहाँ को नियुक्तरु