PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

हिमालयन डिष्टीलरीमा बोनस विवाद : मजदुर आन्दोलनमा, पाँच दिनयता उत्पादन ठप्प



राधेश्याम पटेल

हिमालयन डिष्टीलरीमा बोनस विवाद : मजदुर आन्दोलनमा, पाँच दिनयता उत्पादन ठप्प

वीरगन्ज : वीरगन्ज–२१ लिपनीवर्तामा रहेको हिमालयन डिष्टीलरी लिमिटेडको उत्पादन पाँच दिनयता ठप्प भएको छ।

गत वर्ष आर्जन गरेको मुनाफाको १० प्रतिशत वितरण गर्ने बोनसबारे व्यवस्थापन पक्ष र मजदुरबीच विवाद हुँदा कम्पनीको उत्पादन ठप्प भएको हो। कम्पनीले गत आर्थिक वर्षमा २४ करोड २२ लाख ५८ हजार खुद मुनाफा गरेको थियो। जसमध्ये कार्यालय स्टाफ र मजदुरलाई कम्पनीले रु ३ करोड ६१ लाख बोनस बापत वितरण गर्ने १६औँ साधारणसभामा घोषणा गरेको थियो।

कम्पनीमा करिब १५० जना स्टाफ र १९८ जना स्थायी मजदुरलाई दुई किस्ता गरी बोनस वितरण गर्ने आश्वासन दिएको थियो। जस मध्ये पहिलो किस्ता ७० प्रतिशत स्टाफ र मजदुरलाई होलीभन्दा अगाडि कम्पनीले वितरण गरिसकेको छ। दोस्रो किस्ता पहिलो किस्ताको एक हप्तापछि खुवाउने प्रतिबद्धता जनाएको व्यवस्थापन पक्षले चैत मसान्त बित्न लाग्दा पनि नदिएकाले उत्पादन ठप्प पारी आन्दोलनमा उत्रेको मजदुर नेता ज्ञानेन्द्र पटेलले बताए।

दोस्रो किस्ताबारे मजदुर युनियनका नेताहरु कारखाना प्रबन्धक उदय भण्डारी, प्रमुख कार्यकारी अधिकृत महेश पोखरेल र लेखा प्रबन्धक लक्ष्मण काफ्लेलाई भेटेर जानकारी लिएका थिए।

तर हा बोनसको कुरा नगर्न भन्दै आगामी जेठ मसान्तमा बोनस वितरण गरिने जवाफ आएपछि आन्दोलनमा उत्रनुपरेको मजदुर नेताहरु बताउँछन्।

कारखानाका प्रमुख कार्यकारी अधिकृत महेश पोखरेलले भने यसबारेमा कुरा गर्न चाहेनन्। 'खाना खाँदै छु, पछि कुरा गर्छु' भन्दै उनी सम्पर्क विच्छेद भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell