
बिबिसी
टेलिभिजनसित घण्टौँ टाँस्सिएर बस्नु, रेसलरहरुका कार्ड जम्मा गर्नु होस् अथवा फेरि रेसलिङ खेललाई ज्यानभन्दा बढी माया गर्नु- यो त्यो समय थियो जब बालबालिकाहरुको क्रिकेटभन्दा बढी लगाव रेसलिङमा हुने गर्दथ्यो।
त्यसबेला WWF (जो पछि WWE बन्यो) को हरेक म्याचलाई मन सम्हालेर हेर्ने गरिन्थ्यो। रेसलिङमा हुने लडाइँ वास्तविक नभएर मनोरञ्जनका लागि हो भन्ने कुराप्रति बेखबर भइन्थ्यो।
बालबालिका रेसलिङ निकै मन पराउँथे
केज म्याच, लास्ट म्यान स्टेडिङ, स्लेज ह्यामर अथवा फेरि कुनै फिचर- हरेक प्रतिस्पर्धामा बच्चाहरुले एक नायक र एक खलनायक चुन्ने गर्दथे।
त्यसै क्रममा एक रेसलर थिए जसका हरेक प्रस्तुति रहस्यले भरिएका हुन्थे। उनलाई धेरैले रुचाउँथे।
रेसलिङ बेल्ट जित्ने लडाकु बदलिरहे। तर यी पहलवानको दिवानापनमा भने अलिकति पनि कमी आएन।
खास के थियो अन्डरटेकरमा?
अन्डरटेकर नाम नै यस्तो छ कि जसले मृत्युको सम्झना गराउँछ। उनी रिङतिर बढ्ने बेला सतर्क गराउने सिग्नेचर ट्युन बज्दथ्यो र अँध्यारो उनको पहिचान थियो।
रेसलर घरिघरि प्रतिस्पर्धीबाट चोट खाएर पल्टिन्थे। उनका प्रशंसकको मन शिथिल हुन्थ्यो। जब उनी अचानक उठेर बस्थे तब मन फुरुङ्ग हुन्थ्यो।
सोमबार जब यी नायकको रेसलिङ रिङबाट बिदाइ हुने बेला आयो तब त्यहाँ बसेका हरेक प्रशंसक दुखी देखिन्थे। रेसलनमेनियामा अँध्यारो थियो, तर मधूरो उज्यालोमा पनि प्रशंसकहरुको आँखामा आँसु सजिलैसित देख्न सकिन्थ्यो।
आखिर को हुन् अन्डरटेकर?
द अन्डरटेकर स्वयंमा एक गर्विलो पहिचान हो। तर यी व्यक्ति को हुन् र रिङभन्दा बाहिरको दुनियाँमा कुन नामले चिनिन्छन्? यो कुरा थाहा पाउनु पनि निकै गाह्रो हुनेछ।
यिनको वास्वविक नाम मार्क विलियम कैलवे हो। सन् १९८४ मा वर्ल्ड क्लास चैम्पियनसिप रेसलिङसित जोडिएका कैलवे १९८९ मा 'मीन मार्क' का रुपमा वर्ल्ड च्याम्पियनसिप रेसलिङमा पुगे र त्यहीँबाट उनको यात्रा १९९० मा वर्ल्ड रेसलिङ फेडरेसनसम्म पुग्यो।
२७ वर्ष वितेपछि अन्डरटेकरको बिदाइ हुने बेलामा सोसल मिडियामा उनका प्रशंसकहरुले दु:ख मनाइरहेका छन्।
'उनीजस्ता अरु कोही थिएनन्'
जोसले लेखेका छन्, 'हामी यिनीजस्तै अरु कसैलाई पनि पाउने छैनौँ। यो दिन याद राख्नु।'
डेकन पोस्टिङ ह्याडलले लेखेका छन्, 'रेसलिङ वास्तविक नभए पनि MMA का धेरै लडाइँमा तपाईँलाई देखेर प्रशंसक रोइरहेको भेटिन्छन्।'
एक अर्का प्रशंसकले लेखेका छन्, 'द अन्डरटेकर रेसलिङमा बचेका एकलौटी राम्रा प्रतिभा थिए।'
रेन्डी क्रुजले उनलाई विशेष प्रकारले बिदाइ गरेका छन्।
कफिनबाट बाइक, फेरि कफिन
रेडम्यानले लेखेका छन्, 'अन्डरटेकर मेरो बचपनको ठूलो हिस्सा थियो। रेसलिङ सबैथोक थियो। राम्रो सम्झनाको लागि हार्दिक आभार।'
द अन्डरटेकर बनेका कैलवेको पूरै प्रोफाइल भयमा आधारित थियो। सन् २००० को सुरुआतमा उनको भूमिकामा केही फेरबदल आयो। जसमा बाइकको इन्ट्री भयो। त्यो बाइकमा चढेर उनी रिङसम्म आउँथे।
तर सन् २००४ मा उनी दोश्रोपटक पहिलेजस्तै देखिन थाले। WWE मा उनका 'सौतेले भाइ' केन पनि देखा परे। स्टोरिलाइनको सुरुआतमा दुवैका बीचमा दुश्मनी थियो। तर पछि एक भए र मिलेर 'ब्रदर्स अफ डिस्ट्रक्सन' बनाए।
र उनको भूमिका फिल्ममा पनि देखियो। अक्षय कुमारको फिल्म 'खिलाडियों का खिलाडी' मा उनी हिरोसँग लडिरहेको देखिएका थिए।
उनी अन्डरटेकरको रेसलनमेनियामा लगातार २१ जितको लागि सधैँ सम्झिन्छन्। तर उनको सबैभन्दा ठूलो जित प्रोफेसनल रेसलिङ प्रेमीको मन जित्नु नै हो।