PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भक्तपुरमा बिस्केट जात्राको तयारी, १२ फोटोमा

भक्तपुरमा बिस्केट जात्राको तयारी, १२ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


भक्तपुर : भक्तपुरमा विशेष रुपमा मनाइने बिस्केट जात्राको तयारी थालिएको छ।

नयाँ वर्षको अवसर पारी भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार यो जात्रा मनाउने गर्छन्। जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माण कार्य सुरु भएको हो। तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा बनाएने करिब ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माणमा स्थानीय जुटेका छन्।

लिच्छवीकालदेखि सुरु भएको बिस्केट जात्रा नयाँ वर्षको चार दिनअगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख पक्ष हो। मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ। जात्रा हेर्न बिहानैदेखि भक्तपुर, ललितपुर, काठमाडौ, काभ्रे, बनेपा र सिन्धुपाल्चोकदेखि मानिसहरू भक्तपुर आउने गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell