PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

समुद्रको पानी पिउन योग्य हुने, वैज्ञानिकहरुले खोजे नयाँ विकल्प



पहिलोपोस्ट

समुद्रको पानी पिउन योग्य हुने, वैज्ञानिकहरुले खोजे नयाँ विकल्प

वैज्ञानिकहरुले समुद्रको पानीलाई पनि पिउन योग्य बनाउने नयाँ विकल्पको खोजी गरेका छन्। यस्तो विकल्पले लाखौँ मानिसलाई पानीबाट राहत मिल्ने अनुमान गरिएको छ। 

ब्रिटेनका वैज्ञानिकहरुको एउटा टोलीले ग्रेफिनको एउटा यस्तो चाल्नो विकसित गरेका छन् जसले समुद्रको पानीबाट नुनलाई छुट्याउने छ।

ग्रेफिन ग्रेफाइटको पातलो पट्टीजस्तो तत्व हो। ग्रेफिन अक्साइडको यो चाल्नो समुद्रको पानीबाट नुनलाई अलग गर्न निकै उपयोगी हुने बताइएको छ।

पानीबाट नुन छुट्याउने चलनचल्तीमा रहेका विकल्पहरुको तुलनामा यसलाई नयाँ र वैज्ञानिक ठानिएको छ। 

युनिभर्सिटी अफ म्यानचेस्टरका वैज्ञानिकहरुको टोलीको अगुवाइ डाक्टर राहुल नायरले गरिरहेका छन्। यस विषयको रिसर्च पेपरलाई साइन्स जर्नल नेचर नैनोटेक्नोलोजीले प्रकाशित गरेको छ।

नयाँ प्रविधिबाट ग्रेफिन अक्साइड ल्याबमा सजिलै तयार हुने डाक्टर नायर बताउँछन्।

संयुक्त राष्ट्रले गरेको अनुमान अनुसार सन् २०२५ सम्म संसारका १४ प्रतिशत वस्तीमा पानीको सङ्कट उत्पन्न हुनेछ।

संसारमा अहिलेसम्म पानी सफा गर्ने चलनचल्तीको उपाय पोलिमर फिल्टरमा आधारित छ।

डाक्टर नायर आफ्नो आगामी कदमलाई बजारमा उपलब्ध सामाग्रीसँग तुलना गरिने बताउँछन्। (बिबिसी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell