
काठमाडौं : देशमै व्यावसायिक कृषि गर्न चाहनुहुन्छ तर पैसा छैन?
सरकारले युवालाई कृषिमा आकर्षित गर्दै विदेश पलायनलाई रोक्न पाँच प्रतिशत ब्याजमै कृषि ऋण दिने भएको छ।
व्यावसियक रुपमा तरकारी तथा फलफूल, पशुपन्छी पालन, जडिबुटी, दुग्ध व्यवसाय, माछा पालन, च्याउ खेती, कृषि भण्डारण तथा वधशाला र मासुजन्य व्यवसाय गर्न चाहनेलाई सरकारले सस्तो ब्याजमा ऋण उपलब्ध गराउन थालेको हो।
सस्तो ब्याजको ऋण गाउँपालिका र नगरपालिकाका साथै महानगरभित्रका ठाउँमा व्यवसाय गर्नेले पाउनेछन्। यो ऋण बैंक तथा वित्तीय संस्थाहरुमार्फत लगानी गरिन्छ। जसमा ब्याज वाहेक अरु कुनै पनि शुल्क लाग्दैन।
व्यवासयिक कृषि गर्नेहरुले यो ऋण बढीमा सात करोड रुपैयाँसम्म पाउँछन्। यस्तो ऋणको किस्ता बढिमा तीनतीन महिनाभित्र तिर्नुपर्छ। यस्तो कर्जा प्रत्येक बैंकहरुले बढीमा ती अर्ब रुपैयाँसम्म लगानी गर्न पाउँछन्।
ऋण लिएपछि सबै भुक्तानी पाँच वर्षभित्र गरिसक्नुपर्छ। तर विशेष प्रकृतिको परियोजना भए समय सात वर्ष दिइएको छ।
बैंक तथा वित्तीय संस्थाले कृषि तथा पशुपन्छी ऋण दिँदा कृषि तथा पशुपन्छी उत्पादनमा प्रयोग गरिने जमिन धितो लिएर ऋण दिनेछन्। कृषि वालीको धितोमा पनि ऋण पाइन्छ। १० लाखसम्मको ऋण भने सामूहिक जमानीमा पनि पाइने छ।
धितोले खाम्ने गरि मात्र बैंकहरुले सस्तो ब्याजको ऋण दिन्छन्।
सरकारले व्यवसायिक कृषि कर्जामा ब्याज अनुदान दिनका लागि ५० करोड रुपैयाँ छुट्याएको छ। सरकारले यो पैसा राष्ट्र बैंकमा 'कृषि कर्जा ब्याज अनुदान शोधभर्ना' नामक खाता खोलेर राखेको छ। अनुदान दिन पैसा नपुगेमा सरकारले पैसा थप्दै लैजान्छ।
केके गर्न ऋण पाइन्छ?
- तरकारी उत्पादन, प्रशोधन तथा भण्डारण, बिक्री वितरण
- बिउ बिजन उत्पादन, प्रशोधन तथा भण्डारण, बिक्री वितरण
- पुष्प व्यवसाय
- पशुपन्छी पालन
- अष्ट्रिच, टर्की र हाँस पालन, यसको मासु तथा अण्डाको भण्डारण तथा प्रशोधन तथा बिक्री वितरण
- फलफूल उत्पादन, उत्पादित फलफूलको प्रशोधन तथा भण्डारण, बिक्री वितरण
- दुग्ध उत्पादन, प्रशोधन तथा बिक्री वितरण
- पशुवधशाला तथा मासुजन्य उत्पादन व्यवसाय, यसको भण्डारण तथा प्रशोधन, बिक्री वितरण
- जडिबुटी उत्पादन, प्रशोधन र भण्डारण तथा बिक्री वितरण
- उखु, कफी, चिया, अलैँची, अदुवा, बेसार, जैतुन, सूर्यमुखी, अल्लो, लोक्ता खेती तथा यसको भण्डारण तथा प्रशोधन र बिक्री वितरण
- मौरी पालन व्यवसाय
- जौँ, फापर, सिलाम, उत्पादन, प्रशोधन तथा बिक्री वितरण।
- निदेवन यसरी दिनस् :