PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

जेठ १९ मा तीन फिल्म पर्दामा, थपियो जालो पनि



पहिलोपोस्ट

जेठ १९ मा तीन फिल्म पर्दामा, थपियो जालो पनि

काठमाडौं : आउँदो जेठ १९ गतेका लागि तीन नेपाली फिल्म युनिटको रिलिज टार्गेट रहेको छ। फिल्म 'जालो'ले सोही दिनलाई प्रदर्शन मिति घोषणा गरेसँगै जेठ १९ रिलिजको सङ्ख्या थपिएको हो। यसअघि फिल्म 'रातो घर' र 'जोनी जेन्टलम्यान'ले आफ्नो रिलिज तय गरेको हो।

फिल्म 'जालो'लाई अराज केशवले निर्देशन गरेका हुन्। त्यस्तै सुरज सुब्बा निर्देशित 'रातोघर' र नितीन चन्द निर्देशित 'जोनी जेन्टलमेन' पनि जेठ १९ गते नै सार्वजनिक हुने भनिएको छ।

एक सटमा खिचिएको विश्वकै लामो फिल्मको रुपमा रेकर्ड बनाउन तयार फिल्म ‘जालो’ र ‘जालो २’ चार घण्टामा खिचिएको निर्माण युनिटको दाबी रहेको छ। फिल्मलाई काठमाडौं बुढानीलकण्ठमा खिचिएको हो।

फिल्ममा अनुपविक्रम शाही, मेनुका प्रधान, मुना गौचन, प्रकाश श्रेष्ठ, नीर शाह, रेमन दाश श्रेष्ठ, निराजन प्रधान, मुक्तराम आचार्य, भीष्म जोशी, वर्षा शिवाकोटीलगायतका कलाकारको अभिनय रहेको छ।

मोहित मुनालले निर्माण गरेको फिल्ममा कथा निर्देशक अराज केशवको नै रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell