PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

हिसिला यमीलाई करिश्मा मानन्धरको कसिलो साथ



पहिलोपोस्ट

हिसिला यमीलाई करिश्मा मानन्धरको कसिलो साथ

काठमाडौँ : आइतबार नयाँ शक्ति नेपालले निर्वाचन आयोग अगाडि आफ्नो दलीय चिन्हकै आधारमा निर्वाचनमा भाग लिन पाउनुपर्ने मागका साथ धर्ना दियो। धर्नामा प्रहरीले हस्तक्षेप गर्दै नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई सहित हिसिला यमी अनि अन्य नेता कार्यकर्ता पक्राउ गर्‍यो। पक्राउ गर्ने क्रममा प्रहरीको ट्रकबाट हिसिलाले नारा लगाइन् – 'यो देशलाई खारेज गर।' 

सोमबार हिसिलाले घटनाबारे माफी माग्दै आफूले बेहोसीपूर्ण अवस्थामा त्यस्तो नारा लगाएको बताइन्। उनले नारा लगाएको लुकाइनन् साथै घटनाप्रति माफी मागिन्। 

तर नयाँ शक्तिमा आवद्ध रहेकी नायिका करिश्मा मानन्धरलाई भने हिसिलाले नारा लगाएकोमा विश्वास रहनेछ। उनले देश खारेज गर भनेर भनेको भिडियोलाई 'डबिङ गरेर चरित्र हत्या'को भन्दै अर्थ्याइन्। करिश्माले फेसबुकमा लेखिन् – 



तर करिश्माले स्ट्याटस भने हिसिलाले पत्रकार सम्मेलन आयोजना गरेर माफी माग्नु अघि लेखेकी हुन्। 

हिसिलाको पत्रकार सम्मेलनपछि भने करिश्माले हिसिलाको चरित्र हत्यामा 'पूर्व पार्टी' माओवादीलाई आरोपित गरेकी छिन्। 'यो उमेरमा के स्वार्थले भन्नुहुन्छ उहाँले त्यो?', करिश्माले देश खारेज गर भनेर लगाएको नाराबारे लेखेकी छिन् , 'डाक्टर साब'को विज्ञता र म्यामको फ्रेण्डलीनेसलाई उहाँको पूर्व पार्टीले मज्जाले प्रयोग गरेर अन्याय गरेको रहेछ भनेर बुझेँ।'


नयाँ शक्ति पार्टीबाट राजनीतिक करियर अगाडि बढाइरहेकी करिश्माले हिसिला यमी विरुद्ध सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति समेत रोष व्यक्त गरेकी छिन्। उनले टिप्पणीकर्ताहरुको स्क्रिनसट राख्दै लेखेकी छिन् – दया लाग्दो मानसिकता यिनीहरुको परिवार छैन कि?


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell