PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

हवार्इ भाडामा 'प्राइस वार' : तीन वर्षभित्र चार 'न्यारोबडी' विमान थप्दै निगम



उमेश पौडेल

हवार्इ भाडामा 'प्राइस वार' : तीन वर्षभित्र चार 'न्यारोबडी' विमान थप्दै निगम

काठमाडौं : आक्रामक बजार विस्तारको रणनीति लिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले थप चारवटा न्यारोबडी जहाज खरीदका लागि गृहकार्य थालेको छ।

दुर्इवटा वार्इडबडी जहाज खरीद सम्झौताको चरणमा रहेको निगमले फ्रान्सेली कम्पनी एयरवससँग जहाज खरीदका लागि गृहकार्य थालेको हो। एयरबससँग चारवटा जहाज खरीदका लागि गृहकार्य थालिसकेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए। नयाँ जहाज खरीद प्रक्रियाका लागि कागजपत्र, जहाजको डिजाइन तथा सीट संख्यासमेत तय भइसकेको कंसाकारले बताए।

उनका अनुसार  सन् २०१९ मा दुईवटा र २०२० मा थप दुईवटा जहाज ल्याउने गरी कागजी प्रक्रिया अगाडि बढिसकेको छ। एयरबससँग ए ३१९, ३२० र ३२१ मोडेलका जहाज निगमले ल्याउने छ। यो जहाजमा एकसय २० देखि एकसय ८० वटा सीट रहने कंसाकारले बताए। न्यारोबडी जहाजमा आठवटा विजनेस क्लास र बाँकी इकोनोमी क्लासका सीटहरु रहने उनले बताए।

'निगमको वर्षमा दुईवटा जहाज भित्र्याउने लक्ष्यअनुरुप सबै होमवर्क भइरहेको छ' कंसाकारले भने 'नयाँ जहाजको मूल्यका लागि पहिलो लटका जहाजको खरीद सम्झौता भएपछि नेगोसिएसन हुनेछ र त्यसबाट नेपालले अन्तर्राष्ट्रिय उडानमा फड्को मारेर निगम नम्बर वान बन्नेछ।' थप चारवटा विमान आएपछि एसियाली गन्तव्यमा केन्द्रित गरेर उडान गर्ने योजना निगमको छ।

ती जहाजबाट चीनका मुख्य सहरहरु, भारतका मुख्य सहरहरु, सार्क देशका पर्यटकीय केन्द्र तथा एसियाका प्रमुख गन्तव्यहरुमा सेवा विस्तार गर्ने कंसाकारले बताए। कंसाकारले नेपालको अन्तर्राष्ट्रिय उडानमा विदेशी कम्पनीको मनोमानी भाडा रहेको बताउँदै  भाडा घटाउन निगमले महत्वपूर्ण भूमिका निभाउने दाबी गरे।

न्यारोबडी जहाज खरीदका लागि एयरबससँग सम्झौता हुने उनले बताए। 'छिट्टो जहाज ल्याउन कम्पनीमार्फत खरीद गर्न खोजिएको हो। तर विचौलियामार्फत खरीद गरेको भन्दै जहाज नै ल्याउन नदिने गरी चलखेल भइरहेको छ' उनले भने। न्यारोबडी जहाज सोझै एयरबससँग हुनेछ। 'निगमले एयरबसका ए ३३०-२०० सिरिजका दुईवटा वाइडवडी जहाज खरीद सम्झौता केही दिनमा हुँदैछ।

यी दुर्इ जहाज सन् २०१८ भित्र सञ्चालनमा ल्याइसक्ने निगमको योजना छ। यो जहाज किन्न निगमले कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा ऋण लिँदैछ। केही दिनभित्रै निगम र कोषबीच ऋण सम्झौतासमेत हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell