PahiloPost

Mar 25, 2026 | ११ चैत्र २०८२

'नेपाल फेसन आइकन २०१७’ का प्रतियोगीका लागि प्रशिक्षण सुरु



पहिलोपोस्ट

'नेपाल फेसन आइकन २०१७’ का प्रतियोगीका लागि प्रशिक्षण सुरु

काठमाडौं: ‘नेपाल फेसन आइकन २०१७’का २० प्रतियोगीहरुका लागि प्रशिक्षण सुरु भएको छ। काठमाडौंमा भएको अडिसनबाट छानिएका प्रतियोगीले अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुटेको आयोजक रनवे नेपालकी सिइयो चाँदनी लामिछानेले जानकारी दिएकी छन्।

महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ र फेसन जगतमा नयाँ आयाम थप्नुका साथै नेपाली प्लेटफर्ममा आवश्यक मोडल उत्पादन गर्ने मुख्य उदेश्यले प्रतियोगीता आयोजना हुँदै आएको छ।

१० महिला र १० पुरुष प्रतियोगी अन्तिम स्पर्धाका लागि छानिएका छन्। छानिएका प्रतीयोगीले ट्यालेन्ट राउन्ड र प्रि- जजिङपछि मात्र अन्तिम प्रतिस्पर्धामा सहभागी हुन पाउँनेछन्।

प्रतियोगीले बानेश्वर स्थित स्पा क्लबमा अनुभवी प्रशिक्षकद्धारा व्यक्तित्व बिकास, रन वे नलेज, सेल्फ ड्रेस अप, फोटो सुट ,सेलिब्रेटी गेष्ट क्लास (अभिनेता, अभिनेत्री तथा मोडल, मिडिया पर्सनबाट), पब्लिक स्पिकिङ लगायत विषयमा प्रशिक्षण लिनेछन्।

प्रतियोगीतामा शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता घोषणा गरिनेछ, भने विभिन्न अवसरहरु पुरस्कारको रुपमा जित्न सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell