PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

काठमाडौं महानगरका घरमा अब एउटै रङ, 'उज्यालो काठमाडौं' कार्यक्रमका यस्ता छन् योजना



पहिलोपोस्ट

काठमाडौं महानगरका घरमा अब एउटै रङ, 'उज्यालो काठमाडौं' कार्यक्रमका यस्ता छन् योजना

  • दिनेश खड्का

काठमाडौं : काठमाडौं महानगरपालिकाले एउटै सडक खण्ड तथा गल्लीमा बनेका घरहरुमा एकै प्रकारको रङ लगाउन प्रोत्साहान गर्ने कार्यक्रम ल्याउने भएको छ।

नवनियुक्त कार्यकारी प्रमुख ईश्वरराज पौडेलले तत्काल सुधारका कार्ययोजना सार्वजनिक गर्दै 'उज्यालो काठमाडौं' कार्यक्रममा 'रङ योजना' ल्याएका हुन्। सडकबाट देखिने घरका भाग (फेस) मा प्लास्टर र रङरोगन गर्न लगाउने महानगरको योजना छ।

योजना अन्तर्गत निजी घर तथा व्यापारिक भवनका अगाडि अनिवार्य रुपमा फोकस लाइट राख्नुपर्ने हुन्छ। अहिले महानगरपालिका क्षेत्रभित्रका प्राय: घरहरु भाडामा छन्। भाडामा भएकाले रातमा फोकस लाइट नबाल्ने गरेको महानगरपालिकाले जनाएको छ।

योजना कार्यान्वयनसँगै महानगर उज्यालो हुने उनले बताए।

महानगरका मुख्यमुख्य सडक र पार्कहरुमा सौर्य बत्ती जडान गरी रातमा पनि जीवन्त र सुन्दर बनाइराख्ने योजना रहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। अहिले महानगरमा २२ सय सौर्य बत्ती जडान भइसकेका छन्।

महानगरमा अहिले निर्माणका काम हुँदा धुलो र प्रदूषण बढेको छ। निर्माण सकिएर धुलो धुँवा कम भएपछि बत्ती थप्ने कामलाई महानगरलाई निरन्तरता दिने भएको हो। काठमाडौँका सडकमा ५ वर्षभित्रमा ५० हजार सौर्य बत्ती जडान गर्ने लक्ष्य महानगरको छ।

सडकमा परेका घरहरुलाई एकै कलर तथा प्लास्टर गर्न लाग्ने खर्च सम्बन्धित घरधनीले नै बेहोर्नुपर्ने हुन्छ। सौर्य बत्तीको खर्च भने महानगरले बेहोर्नेछ।

एकै खाले रङ तथा प्लास्टर गर्ने प्रोत्साहनमूलक कार्यक्रम बन्दै गरेकाले कस्तो हुने निर्णय नभइसकेको प्रवक्ता कार्कीले बताए।

महानगरको योजना कार्यान्वयन भए विकासको कोसेढुंगा हुने सहरी विकास विभागका प्रमुख उत्तरकुमार रेग्मीले बताए। महानगरपालिकाका प्राय: योजना राम्रा भए पनि कार्यान्वयन हुन नसक्दा कागजमै सीमित हुने गरेका छन्। 'महानगरको योजनाले पूर्णता पाए काठमाडौँ साँच्चै नै सुन्दर र हेर्न लायक हुनेछ,' उनले भने, 'काठमाडौँको सहरी सुन्दरता कायम गर्न यो कार्यक्रम उदाहरणीय हुने ठानेका छौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell