PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

विमानस्थलबाट सुनसहित एक पक्राउ



पहिलोपोस्ट

काठमाडौँ : सिराहा भोकाहा घर भई काठमाडौँ तिनकुने बस्ने २५ वर्षीय संजय कुमार शाहलाई प्रहरीले सुनसहित पक्राउ गरेको छ।

उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पार्किङ एरियामा यात्रुसँग सुन संकलन गर्दै गरेको अवस्थामा १ सय ग्राम सुनसहित पक्राउ गरिएको हो। 

शाहलाई प्रहरीले आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सिनामंगलमा बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell