PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

'ट्युबलाइट'ले रिलिज अघि कमायो १५२ करोड



पहिलोपोस्ट

'ट्युबलाइट'ले रिलिज अघि कमायो १५२ करोड

सलमान खान अभिनित फिल्म 'ट्युबलाइट'ले फिल्म रिलिज हुनु अघि लगानी उठाएको छ। फिल्मले प्रि-रिलिज १५२ करोडको व्यवसाय गरेको हो।

कबिर खान निर्देशित फिल्मको थिएट्रिकल राइट्स १३२ मा भारतको लागि बिक्री भएको हो। सेन्ट्रल इन्डिया सर्किट बाहेक अन्य थिएटरका लागि फिल्मको आधिकारिक राइट्स बेचिएको वेब दुनियाँले जनाएको छ।

त्यस्तै फिल्मको म्युजिक राइट्सको पनि २० करोडामा बिक्री भएको छ। सोनी इन्टरटेनमेन्टले ट्युबलाइटको तीन गीतको राइट्स किनेको हो।

फिल्मको ओभरसीज राइट्स, स्याटलाइट राइट्स बिक्री बारे भने फिल्म युनिटले कुनै जानकारी दिएको छैन।

फिल्ममा सलमान खान, सोहेल खान र चिनिया अभिनेत्री झुझुको मुख्य अभिनय रहेको छ। हिस्टोरिकल वार ड्रामा जून २३ बाट प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell