PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट दुईको मृत्यु, पाँच घाइते



पहिलोपोस्ट

सप्तरी : जङ्गली हात्तीको आक्रमणबाट सप्तरीमा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा हनुमानगर योगिनीमाई नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जय साफी र सोही नगरपालिका–५ बस्ने २२ वर्षीय रोसन कुमार झा रहेको प्रहरीले जनाएको छ। 

मंगलबार मस्जिदबाट फर्कने क्रममा मस्जिद नजिकै कोशीटप्पुको जंगलबाट आएको जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका दुवै जनालाई सगरमाथा अञ्चल अस्पतालबाट थप उपचारको लागि धरान घोपा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो।

हात्तीको आक्रमणमा परी अन्य ५ जनासमेत घाइते भएका छन्। उनीहरुको धरान घोपा अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell