PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

बेलायतसँग उपप्रधानमन्त्री निधिले मागे चुनावी सहयोग



पहिलोपोस्ट

बेलायतसँग उपप्रधानमन्त्री निधिले मागे चुनावी सहयोग

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसबीच आज भेटवार्ता भएको छ।

गृहमन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचर्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।

भेटमा राजदूत मरिसले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्वाचनका विषयमा चासो व्यक्त गरे। त्यस क्रममा गृहमन्त्री निधिले निर्वाचनको तयारीका बारेमा जानकारी गराउँदै निर्वाचनका लागि आवश्यक सहयोगका लागि आग्रह गरेका थिए।

गृहमन्त्री निधिले बेलायत सरकारले लामो समयदेखि नेपालको विकास निमार्णमा गरेको सहयोगका लागि धन्यवाद दिए। राजदूत रिचर्डले आगामी दिनमा दुई देशबीच आपसी सहयोग र मित्रता बढ्दै जाने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell