PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक आजदेखि, १९५० को सन्धि पुनरावलोकन अजेण्डा 



पहिलोपोस्ट

नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक आजदेखि, १९५० को सन्धि पुनरावलोकन अजेण्डा 
तस्विर : फाइल

काठमाडौं : सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि परिमार्जनलगायतका द्धिपक्षीय चासोका विषयमा गृहकार्य गरिरहेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को तेस्रो बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ। तीन पटकसम्म स्थगित भएको तेस्रो बैठक बुधबारदेखि काठमाडौंको होटल अन्नपूर्णमा हुन लागेको हो। बैठकमा सहभागी हुने भारतीय पक्ष मंगलबार नै आइसकेको छ। 

तेस्रो बैठकमा १९५० को सन्धि पुनरावलोकन नै मुख्य एजेण्डा छ। यसअघिका दुई बैठकमा भएको गृहकार्यको निरन्तरताका रुपमा हुन लागेको तेस्रो बैठकमा नेपालले सन्धि पुनरावलोनका व्यवहारिक पक्षबारे भारतीय पक्षसँग प्रस्ताव राख्नेछ। 

यसअघि गत चैत ५ र ६ गते तय भएको तेस्रो बैठक अन्तिम समयमा स्थगित भएको थियो। भारतीय पक्षले सहभागी हुन नसक्ने जानकारी गराएपछि बैठक स्थगित भएको थियो। 

नेपाल–भारतबीचका विद्यमान समस्या समस्या सम्वोधनका लागि भन्दै अघिल्लो सरकारका पालामा इपिजी गठन भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दौरान भएको सातबुँदे सहमतिपछि प्रबुद्ध समूह गठन भएको थियो। 

प्रबुद्ध समूहका नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा। भेषबहादुर थापा संयोजक छन्। यस्तै सदस्यमा निलाम्बर आचार्य, राजन भट्टराई, र सूर्यनाथ उपाध्याय छन् ।

यस्तै भारतका तर्फबाट संयोजकमा सांसद् भगतसिंह कोसियारी छन्। सदस्यमा जयन्त प्रसाद, महेन्द्र पी लामा र बिसी उप्रेती रहेका छन्।

तस्विर : फाइल
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell