PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

दुई दुर्घटनामा दुई जनाको मृत्यु, सात जना घाइते



पहिलोपोस्ट

दुई दुर्घटनामा दुई जनाको मृत्यु, सात जना घाइते

काठमाडौं : झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुर सडक खण्डमा ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु मृत्यु भएको छ।ट्याक्टरमै काम गर्दै आएका अर्जुनधारा नगरपालिका–७ निवासी २८ वर्षीय धनबहादुर कार्कीको मृत्यु भएको हो।

विरिङ खोलाबाट बालुवा लिएर बिर्तामोडतर्फ आउँदै गरेको मे १ त ३७०९ नं को ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा सो दुर्घटन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्रयाक्टरले किचेर गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको थियो। ट्रयाक्टर चालक भने फरार रहेका छन्।

यस्तै, नुवाकोटको तार्केश्वर गाउँपालिका–६ खङ्गभञ्याङको मजुवामा बा ४ ख ३७२७ नं को मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय शुकराम तामाङ छन्।

दुर्घटनामा परी सात जना घाइते भएका छन्। गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याएको छ।

बट्टार बजारबाट खाद्यान्न र मान्द्रेढुङ्गाबाट बालुवा बोकेर मजुवा जाँदै गरेको सो मिनी ट्रकले कच्ची सडकमा सन्तुलन गुमाउँदा दुर्घटनाग्रस्त भएको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell