PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

राजधानीमा शुक्रबारदेखि घरजग्गा मेला, राष्ट्रपतिले उद्घाटन गर्ने मेलामा १ सय २० स्टल



पहिलोपोस्ट

राजधानीमा शुक्रबारदेखि घरजग्गा मेला, राष्ट्रपतिले उद्घाटन गर्ने मेलामा १ सय २० स्टल

काठमाडौं : घरजग्गाको व्यापार प्रवर्द्धनका लागि शुक्रबारदेखि भृकुटीमण्डपमा घरजग्गा तथा आवास मेला हुने भएको छ।

नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। मेलामा सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको समेत सहभागी छन्।

मेला अवधिमा नेपालमै पहिलो पटक चैत २८ गते 'हाउजिङ समिट' पनि हुनेछ। हाउजिङ समिटको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्। संघका अध्यक्ष इच्छाराज तामाङले मेला घरजग्गा कारोबार गर्ने थलो मात्रै नभएर घर निर्माणका बारेमा जानकारी समेत दिइने बताए। संघका महासचिव मीनमान श्रेष्ठले नेपालमा मापदण्ड अनुसार अपार्टमेन्ट निर्माण भएकोले भूकम्पले कुनै असर नगरेको बताए।

संघका उपाध्यक्ष ओमराज राजभण्डारीले घरजग्गाबाट अलग भएर कोही पनि बाँच्न नसक्ने बताए।मेलामा १ सय २० स्टल रहनेछन्।

मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण समाग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्ट बैंक र बीमाका स्टल रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell