4.jpg)
काठमाडौँ : फिल्म 'पञ्चायत'को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। रामनवमीको पावन अवसरमा चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिकसँगै रिलिज मिति पनि तय गरिएको छ।
फिल्म आगामी २०७४ फागुन १८ गतेबाट प्रदर्शनमा आउने भएको छ। आगामी मे महिनाको अन्तिममा अमेरिकामा फिल्मको प्रिमियर गरिने निर्माण पक्षले जनाएको छ। ५० वर्ष पुरानो कथा बोकेको नेपाली फिल्म पञ्चायतमा सरोज खनाल र निता ढुङगानाको मुख्य भूमिका रहेको छ। फिल्ममा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय रहेको छ।
ग्रामीण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र पञ्चायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन्। गणेश गिरीको प्रस्तुति रहेको यस फिल्मलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन्। सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता रहेका छन्। फिल्ममा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायाङ्कन तथा विपीन मल्लको सम्पादन रहेको छ। टीजर वैशाख १ गते रिलिज गरिने छ।
फिल्मलाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागी गराउने तयारीसमेत गरिएको छ। नेपालमा समेत चलचित्र विभिन्न संघ सस्थाको सहयोगार्थ फिल्मको च्यारिटी गरिने भएको छ।