PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

कांग्रेसले सुरु गर्‍यो घोषणापत्र बहस



पहिलोपोस्ट

कांग्रेसले सुरु गर्‍यो घोषणापत्र बहस

काठमाडौँ : स्थानीय निर्वाचन नजिकिँदै गर्दा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र तयारीका लागि बहस सुरु गरेको छ। 

केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा जम्बो ३५ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको कांग्रेसले आजदेखि घोषणापत्रमा समावेश गर्ने विषयका बारेमा बहस सुरु गरेको हो।

कांग्रेसले पहिलो चरणमा पेशागत संगठनहरुसँग सुझाव लिएको छ। प्राध्यापक संघ, नेपाल बार एसोसिएसन, पत्रकार महासंघ, नेपाल प्रेस युनियन, शिक्षक संघ, इन्जिनियर एसोसिएसन, मेडिकल एसोसिएसन, कलाकार संघ, कृषक संघ, बुद्धिजीवीसहित अधिकांश पेशागत संगठनसँग कांग्रेसले आज छलफल गरेको हो।

छलफलमा कांग्रेसले गठन गरेको घोषणापत्र समितिका संयोजक महेश आचार्यले घोषणापत्रका मुख्य विशेषताका विषयहरु राखेर सुझावका लागि पेशागत संगठनहरुलाई आह्वान गरेका छन्।

पेशागत संगठनहरुले नेपाली कांग्रेसले विगतमा गर्न नसकेका काम र कारणहरु पनि खुलाएर घोषणापत्रमा राख्न सुझाव दिएका छन्। प्राध्यापक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, मेडिकल एसोसिएसन, इन्जिनियर एसोसिएसन, पत्रकार महासंघ, प्रेस युनियन र कृषक संघले सबै पेशा र व्यवसायमा लागेका मानिसहरुले अपनत्व ग्रहण गर्ने र विकासलाई प्राथमिकतामा राख्ने घोषणापत्र निर्माणका लागि सुझाव दिएका छन्।

उनीहरुले गरिबलाई माथि उठाउने कार्यक्रम केन्द्रविन्दुमा राखेर समाजका सबै वर्ग र समूहका स्वार्थलाई घोषणापत्रमार्फत सम्बोधन गर्न पनि सुझाव दिएका छन्।

पेशागत संगठनका प्रतिनिधिले कांग्रेसका विगतका घोषणापत्रमा पनि राम्रा र यथार्थमा आधारित आकर्षक कार्यक्रम समावेस भए पनि त्यसलाई हासिल गर्ने कार्यक्रम नभएको र कार्यान्वयनका अवसर पनि कम आएको अवस्थाबारे पनि घोषणापत्रमा उल्लेख गर्न सुझाव दिएका थिए।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइरालासहित घोषणापत्र निर्माण समितिका सदस्यहरु उपस्थित थिए।

सम्बन्धित समाचार
दलहरुको चुनावी घोषणापत्र : ‘लोकप्रिय नारा र कार्यक्रम समेट्ने होड’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell