PahiloPost

May 16, 2026 | २ जेठ २०८३

निम्बस प्रोबायोटेकमा अर्थमन्त्रीको भ्रमण, कच्चा पदार्थको भन्सार घटाउन व्यवसायीको माग



राधेश्याम पटेल

निम्बस प्रोबायोटेकमा अर्थमन्त्रीको भ्रमण, कच्चा पदार्थको भन्सार घटाउन व्यवसायीको माग

वीरगन्ज : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले वार्षिक पाँच अर्ब कारोबार गर्ने निम्बस समूहको प्रोबायोटेक इण्डस्ट्रिजको अवलोकन गरेका छन्।

बजेट छलफलका लागि वीरगन्ज आएका बेला उनले बुधवार वीरगन्ज लिपनी विर्तामा रहेको उद्योग अवलोकन गरेका हुन्। समूहले उद्योगबाट दाना र खानेतेल उत्पादन गर्छ।

अवलोकनका क्रममा समूहका अध्यक्ष जगदीश अग्रवालले भारत र तेस्रो मुलुकबाट आयात गरिने भटमास र पिनाको भन्सार महशुल अव्यावहारिक रहेको बताए। उनले कच्चा पदार्थ भारतबाट ल्याउँदा १.६ प्रतिशत र तेस्रो मुलुकबाट ल्याउँदा पाँच प्रतिशत तिर्नुपर्ने बताए।

उनले भारत र तेस्रो मुलुकबाट ल्याउने भटमासको भन्सारदर एउटै बनाउनुपर्ने पनि माग गरेका छन्। सन् २००० मा स्थापना भएको यो उद्योगले कुखुरा, गार्इभैसी, बंगुरको पोषक दाना उत्पादन गर्दै आएको छ।

एक वर्षदेखि उद्योगले खानेतेलको प्लान्ट स्थापना गरेर बजारमा तेल बिक्री गरिरहेको छ। ५५ करोड लगानीमा स्थापना भएको यो उद्योगले ब्यञ्जन र सुनौलोकीरण ब्राण्डमा तेल बिक्री गरिरहेको छ। समूहले कृषिमा उत्पादकत्व बढाउन किसानलार्इ तालिम दिन थालेको वरिष्ठ प्रबन्धक शितलकाजी श्रेष्ठले बताए। ६ विघामा रहेको यो उद्योगमा ८ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell